back
CTIZAN AD

आज देशैभरी ११४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

वि.सं.२०७८ भदौ २५ शुक्रवार

591 

shares

२४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १०,९१६ वटा नमुना परीक्षणमा देशैभरी ११४६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौंमा २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ जना गरी उपत्यकामा आज ३५४ जना संक्रमित थपिएका छन् । बिहीवारको तुलनामा उपत्यकामा आज पनि संक्रमितको संख्या केही घटेको छ ।

आज थपिएका ११४६ संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १६६० जना निको भएका छन् । आज निको भएका १६६० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।

त्यस्तै आज देशैभरी २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९२४ पुगेको छ ।

नेपालमा हाल २७ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २६ हजार २९६ जना होमआइसोलेशन र १६६२ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ४५८ र भेन्टिलेटरमा १४५ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४५ लाख १३ हजार १८४ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५७ लाख ४० हजार ३४५ जनाले पहिलो मात्रा र ५१ लाख २० हजार ८७७ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा २९ हजार १८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १७:०९ मा प्रकाशित

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...