२५ भदौ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेतो पुतलीको प्रकोपबाट बच्न सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै हालै नेपालको पहाडी भेगका विभिन्न स्थानहरुमा आँखामा हुने एक प्रकारको डरलाग्दो रोग ‘सापु’ फैलाउने सेतो पुतलीको प्रकोप बढ्दो क्रममा रहेको भन्दै यसबाट बच्न अनुरोध गरेको हाे ।
यस पुतलीको प्रकोपबाट आँखा सम्बन्धी गम्भिर प्रकृतिका रोगहरु फैलनुका साथै पूर्ण रुपमा आँखाको ज्योती समेत गुम्ने खतरा हुन सक्ने भएकोले यस्ता खालका पुतलीहरुबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन, आवश्यक सर्तकता अपनाउन पनि जिल्लावासीलाई अनुरोध गरिएको छ ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १७:३२ मा प्रकाशित































