back
CTIZAN AD

एमालेले संसदमा नाराबाजी गर्दा भीम रावल समूह ‘रमिते’

वि.सं.२०७८ भदौ २५ शुक्रवार

621 

shares

भदौ २५, काठमाडौं । १४ सांसदलाई पदमुक्तसहितका माग राख्दै एमालेका सांसदहरु निरन्तर नाराबाजीमा उत्रिईरहँदा एमालेकै तेस्रो धार भनिने भीम रावल नेतृत्वको समूह भने रमिते मात्रै देखिएको छ । शुक्रबार संसद बैठकमा भएको नाराबाजीमा तेस्रो धारका सांसदहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायत रमिते देखिएका थिए ।

एमालेका सांसदहरु नाराबाजी र रोष्टमतर्फ उक्लिने प्रयास गरिँरहँदा उनीहरु एक–आपसमा कानेखुसी गर्दै उभिएका थिए । बाध्यात्मक रुपमा नाराबाजीमा भट्याउन पुगेका उनीहरु अन्य सांसदहरु जस्तै आक्रामक देखिएनन् ।

लामो समय माधवकुमार नेपाल नेतृत्वको समूहमा देखिएका उनीहरु पार्टी विभाजनको अन्तिम समय एमाले तर्फ फर्किएका थिए । जसको प्रभाव स्वरुप पनि उनीहरु माधव पक्षविरुद्व नगएको देखिन्छ ।

यसअघि बुधबार बसेको संसद बैठकमा पनि उनीहरु निकै गाह्रो मानि–मानि विरोधमा देखिएका थिए । संसद बैठकपछि नेता योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीसँग तस्बिर खिचाएको देखिएको थियो । जुन अहिले सामाजिक सञ्जालमा चर्चाको विषय पनि बनेको छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १७:५९ मा प्रकाशित

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

संस्कृति र प्रकृतिको सङ्गम  नारच्याङ लेकगाउँ र मगर संग्रालय

संस्कृति र प्रकृतिको सङ्गम नारच्याङ लेकगाउँ र मगर संग्रालय

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...