back
CTIZAN AD

अब यूट्यूब पनि करको दायरामा, मदिरा व्यापारमा पनि कडाइ

वि.सं.२०७८ भदौ २५ शुक्रवार

618 

shares

२५ भदौ, काठमाडौँ । अब यूट्यूब पनि करको दायरामा आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको दायरामा ल्याइएको हो ।

जानकारहरूका अनुसार नेपालभित्र पनि यूट्यूबमार्फत आम्दानी गर्नेको सङ्ख्या बढ्दै गएको सन्दर्भमा त्यसलाई करको दायरामा ल्याइएको हो । यसबाट थोरै भए पनि सरकारको राजश्वमा योगदान पुग्नेछ ।

यूट्यूबबाट प्राप्त हुने रकमको एक प्रतिशतको दरले अग्रिम कर तिर्नुपर्ने व्यवस्था प्रतिस्थापन विधेयकमा गरिएको छ । विधेयकमा भनिएको छ, “व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रीम कर असुल गर्ने व्यवस्था गरिएको छ ।”

यसैगरी, प्रतिस्थापन विधेयकमा मदिरा व्यापारमा पनि कडाइ गरिएको छ । नयाँ व्यवस्थाअनुसार अब मदिरा पसलले मात्रै मदिरा बिक्री गर्न पाउने छन् । यस्तै व्यवस्था सुर्ती तथा सुर्तीजन्य पदार्थका लागि समेत गरिएको छ । विधेयकको व्यवस्थाअनुसार अब किराना पसलले मदिरा र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न पाउँदैनन् ।

विद्यमान व्यवस्थासम्म मदिरा बिक्रीको लागि अनुमति लिए मात्रै हुने थियो । त्यसलाई पनि विधेयकले कडाइ गरेको छ । संशोधित व्यवस्थाअनुसार अब मदिरा र सुर्तीजन्य वस्तु छुट्टै व्यवसायका आधारमा अगाडि बढाइने छ । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको विधेयकमा भनिएको छ, “मदिरा र सुर्तीजन्य वस्तु बिक्री गर्ने व्यवसायले त्यसको मात्रै कारोबार गर्नुपर्ने छ ।”

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:१४ मा प्रकाशित

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...