१
चौधै भुवन डुली
सम्बन्ध गाँस्यो अमिट
मौलिक सिर्जना साइनो ।
२
ए क्षितिज हटी दे
न छेक लाली किरण
धीत मरुञ्जेल चुम्नुछ ।
३
साक्षी छन् घाम जून
बुढा गोरुको लडाइँ
रमितै रमिता देशमा !
४
गर्मागर्मी छ खाल
अध्यादेशको तुरुप
सकुनीको पासा पल्टेला !
५
आँखा फुटेका साँढे
तिघ्राको लाली जोवन
दायित्व संस्कृति जगेर्ना !
६
प्राकृतिक दोहन
मानवमाथि चुनौति
उजाड बने गाउँ बस्ती !
७
अक्सिजन अभाव
आक्रान्त जनजीवन
मेरो देशको राजनीति ।
८
सिकौं विगतबाट
अंगालौ आगतलाई
कोरौं भविष्यको सचित्र ।
९
जाल झेल कपट
राजनीतिका अौजार
गरौं ध्वंश अनि निर्माण ।
१०
छोडौ वैमनस्यता
उनौ एकता सूत्रमा
हिमाल पहाड तराइ ।
वि.सं.२०७८ भदौ २६ शनिवार ०७:३० मा प्रकाशित






























