यस्तै छ मेरो देशको गणतन्त्र !!
औशीको रातमा
अनगिन्ती राजाहरू जन्मिए जस्तै
पूर्खाहरूको वलिदान लिलाम गरेर
सहिदहरूको सपना कुल्चदै
वीर योद्धाहरूको आँशा र विश्वासमा
तरवार चलाऊँदा
निर्मित रक्तकुण्ड बाट
उत्पन्न अचम्मका मानवहरू जस्तै
यस्तै छ मेरो देशको गणतन्त्र !!
मानवता बिक्री हुने मेरो देशमा
देशभक्तहरूको कुरै नगरौ
स्वार्थै स्वार्थको राजनीतिमा
राष्ट्रवादी नारा खोके जस्तै
यस्तै छ मेरो देशको गणतन्त्र !!
जनताहरूको रोदन–पीडा मिश्रीत आवाज
दिनहौ अस्मिता लुटिएका नारीहरूको
कारुणिक हृदय विदारक आवाज जस्तै
यस्तै छ मेरो देशको गणतन्त्र !!
प्रत्यक दिन सभा सम्मेलन
आ–आफ्नै स्वार्थ परिपूर्तिका
दबाईन्छन् यहाँ न्यायीक आवाजहरू
धृतराष्ट्रको राज सभामा जस्तै
दिनहौ नांगिन्छन् द्रौपदीहरू
यस्तै छ मेरो देशको गणतन्त्र !!
एउटा राजा फालेर
अनगिन्ती राजाहरू जन्माए जस्तै
वि.सं.२०७८ भदौ २६ शनिवार ०७:३१ मा प्रकाशित






























