१
व्यक्त हुन्न शब्दमा
आमाबाको चोखो माया
बृहत रै’ छ परिभाषा ।
२.
बल्यो आशाको दियो
जे सोच्यो सो भइदियो
तालुमा आलु फलिदियो ।
३.
अवैतनिक सेवा
अपरम्पार छ लिला
बजाऔँ लौ शान्तिको ढोल ।
४.
घरमा कोलाहल
लडाइँ कुर्सी कै अझ
मसानघाटको चीत्कार ।
५.
बाटो भयो खुकुलो
छिर्नसक्छ हात्ती पनि
स्यालको सिहंदरवार ।
६.
अरति मायाप्रेम
अमानषिक चेतन
कस्तो हो खै अज्ञानवास ।
७.
प्रवल इच्छाशक्ति
जीवन जिउने कला
अडिग आत्मविश्वासमा ।
वि.सं.२०७८ भदौ २६ शनिवार ०७:३२ मा प्रकाशित






























