back
CTIZAN AD

लघुकथाः बल्ल खुल्यो

वि.सं.२०७८ भदौ २६ शनिवार

708 

shares

छिमेकी घरकी दिदीले लुगा धुने साबुन बेला बेलामा कहिले एक बोरा कहिले दुई बोरा मगाएर झिकाउने गर्थिन् । उनले साबुन मगाएको थाहा पाएपछि मलाई पनि लुगा धुने साबुन मगाउन मन लाग्यो र उनीसंग साबुन ल्याउनेको फोन नम्बर मागे । फोन नम्बर माग्दा दिन मानिनन् । ‘फोन गरेर मैले नै मगाइदिउला नि ।’ भनिन् ।

‘त्यसो भए मलाई एकबोरा लुगा धुने साबुन मगाइदिनु नि ।’ मैले भने भने ।

छिमेकी घरकी दिदीले मेरो लागि एकबोरा र उनको लागि एकबोरा साबुन फोन गरेर मगाइन् । साबुन बनाउने कारखानाबाट साबुनको साहुजीले दुईबोरा साबुन मोटरसाइकलमा राखेर ल्यायो । त्यसपछि मलाई साबुन लिन बोलाइन् । मैले आफूले मगाएको एक बोरा साबुन घरमा लगेर राखे । ‘साबुनको कति पैसा भयो नि ?’ मैले सोधे ।


छिमेकी घरकी दिदीले ‘दुईहजार तीनसय भयो ।’ भनिन् । मैले घरबाट दुईहजार तीनसय रुपैँया लगेर उनीलाई दिए ।
साबुनको प्रत्येक खोलमा साबुन बनाउने कारखानाका नाम र मोबाइल नं. पिंन्ट गरेर राखेको रहेछ । मैले मोबाइल नं. टिपेर आफ्नो मोबाइलमा सेभ गरे । एकवर्ष सकिएपछि मैले मगाएको साबुन सकियो । अब साबुन आफैले मगाउनु प¥यो भनेर मोबाइलमा फोन गरेर झिकाए ।

‘साबुनको कति रुपैँया भयो नि ?’ भने । साबुन ल्याउनेले ‘दुईहजार मात्रै’ भन्यो । एकवर्ष अगाडि दुईहजार तीनसय तिरे मैले एकवर्षपछि तीनसय कम कसरी भयो होला झन् बढ्नु पर्नेमा मनमनै भने ।

एकछिनपछि छिमेकी घरकी दिदीले मलाई फोन नम्बर दिन नमानेको कारण त बल्ल पो खुल्यो ।

वि.सं.२०७८ भदौ २६ शनिवार ०७:३४ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...