तिमी जून मोती तिमी लाग्छ तारा
सबैका मनैका तिमी नै पियारा ।
तिमी एक धार्नी बिसौली न हो म !
कनेकी छु धेरै न लाग्दैछ पारा ।
तिमी एक खोला सुसाएर बग्ने
तिमी पोखरी शुद्ध फेवा र रारा ।
दुविद्या बढेको यहाँ आज विद्या
यसैले त धेरै बढे भाइचारा ।
विना खुड्किलोको जता मोड छोटो
उतै मोडिए ती गए सर्वहारा ।
बहर: मुतकारिव मुसम्मन सालिम
वि.सं.२०७८ भदौ २६ शनिवार ०७:३५ मा प्रकाशित






























