back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ भदौ २६ शनिवार

693 

shares


यी आँखामा बसाउँछु भन्नु मात्र हो
सँधै भरि हसाउँछु भन्नु मात्र हो
कोहि शुन्दर देख्यो कि उतै भुल्नेले,
मर्दा आँशु खसाउँछु भन्नु मात्र हो ।


घरी घरी लाग्छ डर झुक्ने हो कि शीर ?
कसरी पो पार लाग्छ बिपत्ति र पिर ?
चारैतिर बाट दुर्दशाले घेर्यो एकैचोटी,
बुद्दीमान को निस्केला ? हटाउला आखिर ?


कतिसम्म गिर्ने भन्ने सिमा हुन्न रैछ
नसक्नेको पनि चाल धिमा हुन्न रैछ
बस्न पाएकै छैन उठाउन तयार छन्,
चटक्क छोडुँ, कुर्सीको बिमा हुन्न रैछ ।


देख्नासाथ ति आँखा फर्काउँछौ चिन्ता लाग्छ
अजंगले कस्तो औधी थर्काउँछौ चिन्ता लाग्छ
बुझेर पनि बुझिनसक्नुको छ तिम्रो हाउभाउ
मायाँमा पनि पो बहश चर्काउँछौ चिन्ता लाग्छ ।


मैंले अचेल पिउन थालेँ ढुक्क भए हुन्छ ।
मनको चोट सिउन थालेँ ढुक्क भए हुन्छ
आफ्नो सन्सार स्वर्ग पार्नु, रमाएर बस्नु,
तिमी बिना जिउन थालेँ ढुक्क भए हुन्छ ।

वि.सं.२०७८ भदौ २६ शनिवार ०७:४१ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...