Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

छेस्का



(१) पाप वा धर्म
मान्छेले गर्ने
यही हो कर्म ।

(२) नगरी काम
पाईन्न खान
दुध र माम ।

(३) दुःखको बेला
हुने छौ तिमी
सबैको हेला ।

(४) नगर हेला
कुनै समय
पर्ने छौ फेला ।

(५) दुखी छौ किन?
सुखको पनि
आउँछ दिन ।

(६) परिश्रमले
फेरिन्छ लेखा
भाग्यको रेखा ।

(७) आत्मविश्वास
सफलताको
सही निवास ।

(८) नगरी दुःख
कहिल्यै पनि
पाईन्न सुख ।

(९) पौरखी बन
कर्ममा आफ्नै
विश्वास गर ।

(१०) वैरीको भर
पर्दै न पर
बिग्रिन्छ घर ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना