Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

कविता: धनदौलतनै सबथोक नहोस्



धन साधन हो न त साध्य बन्यो
धनकै पछि जीवन वाध्य बन्यो ।
गर आर्जनको तर भोक नहोस्
धनदौलत नै सबथोक नहोस् ।।१।

किन आस बढोस् धन प्यास नहोस्
धन खातिरमा जन दास नहोस् ।
धनकै अघि औ पछि लोक नहोस्
धनदौलत नै सबथोक नहोस् ।।२।

किन मनिसमा धन मोह बढ्यो
किन भोलि भनी धन जोह बढ्यो ।
धन दर्शन भेट र ढोग नहोस्
धनदौलत नै सबथोक नहोस् ।।३।

धनको पति होस् मन छैन भने
सब व्यर्थ हुनन् तन छैन भने ।
उपदेश दिने धन तोक नहोस्
धनदौलत नै सबथोक नहोस् ।।४।

किन लोभ बढोस् धन आर्जनमा
किन प्यास बढोस् हर सज्जनमा ।
धन औषध होस् तर रोग नहोस्
धनदौलत नै सबथोक नहोस् ।।५।

छन्द: तोटक


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना