Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

पाँच कोपिला \डाली



१.
माइती टाढा हुनाले तिज आएन मेरो
आँशुको भलमा दिनरात बगेँ कठै मेरो मन
मनमा खुशी उमङ्ग पनि छाएन मेरो ।
२.
मैनाचरी डाली बसी कराएकी किन
तीज आयो गाउँमा तर आएन मेरो मनमा
बाढी आयो भत्क्यो बाटो बोलाएकी किन ।
३.
ए! आमा मलाई नकुरे बाटो आउने तिजमा
सबैका मनमा आएछ पर्व मलाई आएन बरै
गहना, लुगा गतिला छैनन् लाउने तिजमा ।
४.
दुःख सबै पखालेर राख्छु भनी सोच्छु
अहिले पनि तिजमा माइत आउन पाइन भने
हृदयको चोट छोपी नम्र बनी सोच्छु ।
५.
झलमल राता निला बने अनि हिँडे
यसपालीको तिजको दर कोरोनाले खायो
नारी पुरुष सबै साना ठूला पनि हिँडे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना