Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

कथाः मेरो सपना अनि प्रेम !



उ त्यति राम्री होइन, नराम्री पनि भन्न नमिल्ने, दुब्ली पातली, साधारण अनि सरल स्वभावकी मलाई खुबै मनपर्यो । मैले धेरै मन पराए पनि उसले मलाई मन पराउँथी या पराउँदिन थी मलाई थाहा भएन ।

हामी एउटै कक्षमा पढ्थ्यौ, तर स्कुल भिन्दा भिन्दै ।

एउटा सानो झोडाले छुट्टिएको केटा स्कूल र केटो स्कुल । हामी एउटै उमेरका थियौ सायद । नवौ श्रेणी पुग्दा मैले उसलाई देखेको, भनौ मन पर्न थालेको तर कहिल्यै बोलाउने आँट भएन । त्यस समय गाडीहरु धेरै थिएनन् र टाढा टाढाबाट पैदल नै स्कुल आउने जाने गरिन्थ्यो । उ पनि पैदल हिलकार्ट रोडबाट नै आउँथी । सिपाहीधुरा टुङ्ग दिलाराम सुनदह कताबाट आउँथी कुन्नि थुप्रै केटाहरू केटीहरू हुन्थे । तर उ भने केही अघि प्रायः एक्लै हुन्थी ।

उसलाई मन पराउनु थालेपछि म पनि घरबाट अलि चाँडै आएर रेलवे लाइन भएर स्कुल आउने गर्थे । दुवै स्कुल एउटै समयमा लाग्ने हुँदा उ पनि उसको स्कुल जाने बाटोमा आइपुग्ने । उसको दर्शन पाएपछि म लुरुलरु स्कुल पुग्थै ढुक्क भएर । किन हो कुन्नि उसलाई देखेपछि कक्षामा पुगेर पढ्ने जोश चल्थ्यो र पढाईमा ध्यान लगाउँथे । म जहिले पनि कक्षामा प्रथम हुन्थे । सधैं उत्साहित भएर पढ्ने गर्थे । प्रायः छात्रहरू मेघावी थिए र एकार्कामा प्रतिस्पर्धा हुने गथ्र्यो ।

उसंग कुनै बातचीत नै नभईकन एक बर्ष बित्यो, दुवै दशौं कक्षमा पुग्यौं । यसपाली भने उसले पनि मलाई हेरेर मुसुक्क हाँसे जस्तो लाग्यो । मेरो खुशीको सीमा रहेन । स्कुल पछि पनि म उसलाई हेर्न निस्कन्थे । अनि उ आफ्नो बाटो लाग्ने, म आफ्नो ।

देखादेख, हेराहेर त भयो तर नजिक भएर बात गर्न कहिल्यै आँट पनि आएन यात अनुकूल पनि भएन भौं । उप्रति मेरो माया र प्रेम दिनदिनै बढ्दै गइरहेको थियो, धेरै माया र प्रेमको कुराहरू भन्नु बाँकी थियो । मेरो सपना मेरो जपना उ नै थी । स्कुल सिद्धिने समय नजिक थियो ।

स्कुल फाइनलको परीक्षा पछि आ आफ्नो गन्तव्य तिर लाग्नुपर्ने र एकदिन आँट गरेर एउटा सानो सादा कागजमा ‘मेरो धेरै माया छ तिमीलाई’ यति मात्र लेखेर एउटा आफ्नो पाठ्यपुस्तकमा चेपेर एउटी बहिनीको हातबाट दिन लाएँ । मन ढुक् ढुक भएथ्यो ।

अर्कोदिन कसैको हातबाट जवाफमा ‘हाम्रो पढने बेला हो ।’ भन्ने लेखिएको देखेर मन खिन्न भयो । आफैलाई दोषी पाएँ । आत्माग्लानी भयो र अब उसो उसलाई मेरो अनुहार कहिल्यै देखाउने छैन भनेर प्रण गरे । त्यसपछि म स्कुल आउँदा केही छिटो आउन थाले अनि स्कुलको ण्मैदानको बारबाट चियाएर उसलाई याने मेरो सपनालाई चुपचाप हेर्ने एउटा नियम बन्यो तर उसलाई आफ्नो अनुहार देखाइनँ । मलाई सधैं झैं न देख्दा उसको आँखाले मलाई नै खोजेको अनुभुत हुन्थ्यो प्रत्येक दिन । तर, म विवश थिए प्रंण जो गरेको थिए । उसको हँसिलो मुहार अघि राखेर पढ्ने बानी बसेको थियो । उसैलाई सम्झेर एकहोरो भएर पढी रहन्थे म ।

ठण्डा महिनाको विदा पछि मार्चमा स्कुलको फाइनल परीक्षा पनि सकियो । परीक्षा फलपछि मलाई दार्जिलिङको सन्त जोशेफ कलेज जाने पक्का भएको थियो । रिजल्ट आयो मैले तीनवटा विषयमा तारा सहित डिस्टिङ्गसन् लिएर पास गरेछु । तर, उनी असफल भएको खबरले म ज्यादै दुखी भएँ । पढ्नमा त राम्रो नै थी, सायद मेरो कारणले नै उ आफ्नो पढाईमा ध्यान दिन सकिन कि ? आफैंले चै हाम्रो पढने बेला हो भनेर मलाई प्रोत्साहित गर्ने आफै नै हतोत्साही बनेँछ ।

म कलेज जान थाले उप्रतिको मेरो माया र प्रेम यथावत् मेरो मुटुमा अंकित थियो ।

अर्को बर्ष उसले परीक्षा पास गरेको खबर सुने, ढुक्क लाग्यो । साथै विशेष प्रशिक्षण लिन अन्त कतै गइसकेको पनि थाहा लाग्यो । अब भने बादल पन्छाएर या कुरोको चेपबाट चियाएर हेर्ने सम्भावना पनि रहेन ।

कलेजको अध्ययन सकियो, मलाई फेरि उच्च शिक्षा लिन काठमाडौं पठाइयो । त्रिभुवन विश्वविद्यालयबाट मैले आफ्नो रुची अनुरूप शोधकार्य पश्चात वहीं उच्च पदमा नियुक्ति पाएँ । म काठमाडौं कै बासिन्दा बने । तर, म मेरो कर्मस्थल, बासस्थान जहीं भए पनि मेरो हसिलो, मेरो सपना उसलाई हृदयबाट निकाल्नु सकिनँ । तर किन ? यसको उत्तर मसित थिएन। म स्वयम् अचम्भित थिए ।

उ पनि काठमाडौं आएकी रहिछ । एकदिन विशाल बजारमा एक शिष्ट महिलासँग केही सामान हेर्देथि । टाढाबाट हेरे,उस्तै रहिछन्, साधारण सरल स्कुल पढ्दा जस्तै । साडी लगाएकी, निधारमा टीका सपक्क केश, कुनै बदलाव थिएन । एकक्षण धेरै रमाए । बोलााउन त सकिनँ, मेरो पहिलेदेखिकै कमजोरी नै यहि हो । विकल्प थिएन, लाचार म । किनमेल सिध्याएपछि एउटा ट्याक्सी चडेर उनी ओझेल भएको हेरिरहे ।


मैले पनि बिहे गरे । छोराछोरीहरू अनि नाता नातिनीहरूले घेरेको म बुडो मान्छे भइसकेको । उसको पनि घरजम भयो होला, म जस्तै बुडी भइहोली । किन किन उसको सम्झना आइरहन्छ । संसार छोड्न अघि एकपल्ट देख्न पाए हुन्यो, यस्तैं के के सोचेर बसिरहेथे । मेरी श्रीमती आएर के सोचेर बस्नु भाको भन्दा झस्केर केही होइन भन्न बाध्य भए । तर तिनले जिद्दी गरी, आजसम्म कसैसँग मेरो अछुन्न प्रेम कथाको प्रसंग साझा नगर्ने मान्छे म विगतकाती स्कुले जीवनमा कलिलो उमेरमा पलाएको माया प्रेम वृतान्त सुनाउन थाले । उ ट्वाल्ल परेर आँखामा आशु लिएर सुनिरही । एकक्षणमा उठेर उ भान्साघरमा गई अनि दश पन्द्रह मिनटमा दुइ प्याला तातो चिया र केही तातो तातो पकौडा लिएर आई । मेरो छेवैमा बसेर भन्न थाली ‘उसो भए एकपल्ट दार्जिलिङ जाउँ न हामी र सोध खोज गरेर भेटौँला हुन्न । कसैले त अवश्यै बताउला नि ।’ मेरी स्वास्नीको कुरा सुनेर मन हल्का भयो र भने तिमी मेरो जिन्दगी उ मेरो सपना । मर्न अघि एकपल्ट उसको दर्शन होस् भन्ने सपना मसित नै बाँचेको छ । मसित नै मर्नेछ ।

उसले मलाई सम्झन्छ सम्झन्दैन जान्दिनँ तर सधैं चोखो मनले सम्झेर बाँचेको छु म । भेटिहाले उसले मलाई चिन्लान् न चिन्लान् तर म अवश्यै ठिम्याउनेछु ।

मैले मेरी श्रीमतीको हात समातेर भनेः ‘तिमी मेरो जिन्दगी हौ भने उ मेरो सपना अनि मेरो प्रेम ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना