back

राजधानीमा उठेन फोहर, दुर्गन्धित बन्दै क्षेत्र

वि.सं.२०७८ भदौ २६ शनिवार

117 

shares
NTC AD
Global IME AD


२६ भदौ, काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ ।

वाग्मती किनारमा जम्मा भएको फोहर विगत दुई महिनाअघि देखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको फोहर फेरि नदीमै मिसिन थालको छ ।

अभियानकर्मीले सफाइ गरेर फोहर थुपार्ने तर उठाएर व्यवस्थापन नहुने क्रम चलेकाले नदी क्षेत्र प्रदूषित हुन थालेको हो । पानी परेका दिन बाढी फोहर बगाएर लैजाने गरे पनि नपरेका दिन नदीमा फोहर देखिन थालेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन् ।

अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र अभियानकर्मीको सक्रियतामा गुह्येश्वरी क्षेत्रको नदी किनारमा सफाइ गरिएको हो । सफाइमा कर्मचारी र अभियानकर्मी गरी १०० जनाभन्दा बढी सक्रियता थियो । सफाइबाट जम्मा भएको फोहर आज पनि किनारमै थुपारेर राखिएको छ ।

सफाइ महाअभियानले जम्मा पारेको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएकामा विगत दुई महिनाभन्दा लामो समयदेखि सिस्डोल जाने सडक बिग्रिएको भन्दै उठेको छैन ।

दुई हप्ताअघि फोहर फेरि लैजान थालिएको भनिए पनि राजधानीका चोक, फुटपाथ, नदी किनारमा थुप्रो फोहर भेटिन्छ । फोहरको थुप्रोबाट निस्किएको दुर्गन्धले हिँड्न नसकिने अवस्था भएको पैदल यात्रु रणेन्द्र श्रेष्ठको गुनासो छ ।

पुतलीसडकको फुटपाथमा फोहर थुपारिएकाले सडकबाट हिँड्नु परेको उनले गुनासो गरे । वाग्मती सफाइ महाअभियानले सफाइप्रति चेतना जागृत गरे पनि काठमाडौँ उपत्यकाका नदी अझै सफा हुन सकेको छैन । वर्षामा बाढीका कारण सफाइ देखिए पनि हिउँदमा नदी क्षेत्र दुर्गन्धित हुने गरेको छ ।

उपलब्धि कम भए पनि आठ वर्षदेखि सफाइ महाअभियान आज निरन्तर जारी छ । बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सफाइ अभियान जारी छ ।

चाडपर्व, वर्षा, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियान हुँदै आएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएसँगै यसका सहायक नदी सफाइ पनि जारी छ । उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । वाग्मतीसँगै आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तरी र पश्चिम खण्डलगायत स्थानमा पनि सफाइ भएको छ ।
रासस

वि.सं.२०७८ भदौ २६ शनिवार १५:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...