Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

सङ्क्रमणबाट इलामका जिसस सदस्यको निधन




२६ भदौ, झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ ।

उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उनीमा कोभिडको सङ्क्रमण देखिएको थिएन ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनीमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

दक्षिणी इलामको रोङ गाउँपालिका–४ निवासी उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य थिए । उनका निधनबाट इलामले एक प्रतिभाशाली युवा राजनीतिकर्मी र जनप्रतिनिधि गुमाएको इलाम जिसस प्रमुख बरालले बताए ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले