Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

गर्दन दुख्दा गर्नुहोस् यी ४ मुख्य व्यायामहरु



व्यस्तता, भागादौड़ी र तनावग्रस्त जीवन जिउने जोकोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन् । गर्दन दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यापिएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ। यस्तो अवस्थामा गर्दनका मांसपेशिलाई बलियो बनाउने निम्न व्यायाहरु गर्नुपर्ने हुन्छ।

यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तानो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ।
गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरू :
व्यायाम न.१. :
दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने : ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस। अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस्। हात राखेपछि हातले टाउको लाई अगाडी र टाउकोले हात लाई पछाडि पट्टी धकेल्नुस् र २० सेकण्ड सम्म रोकेर राख्नुहोस् ।

दुव्यायाम न.२. :
दुवैहातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने : ढाड
कमर दर्दं सीधा राखेर बस्नुहोस। अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस्। हात राखेपछि हातले टाउको लाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.३. :
देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस्। अब देब्रे हातले दाहिने तीर ठेल्नुस् र टाउकोले देब्रे तीर ठेल्नुहोस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् ।

व्यायाम न. ४ :
दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस्। अब दाहिने हातले देब्रेतीर ठेल्नुस् र टाउकोले दाहिने तीर ठेल्नुहोस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् ।
यी सबै व्यायाम हरुलाई ५ / ५ पटक दोहराउनुस्।

(लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर—१, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना