Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

प्रतिस्थापन विधेयकसँगै बढ्यो दुई पाँग्रेको मुल्य, कुनमा कति बढ्यो ?



भदौ २७, काठमाडौं । सरकारले अन्तःशुल्क बढाउने घोषणा गरेसँगै अब दुई पाँग्रे सवारी साधनहरुको मूल्य पनि बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको प्रतिस्थापन विधेयकमा मोटरसाइकलको भन्सार कर बढाउने व्यवस्था गरेका हुन् । अर्थमन्त्री शर्माले दुई पाँग्रेमा लाग्ने अन्तःशुल्क २० प्रतिशतसम्म बढाएका छन् ।

आयात हुने १२५ सीसीदेखि २०० सीसीसम्मको माटेरसाइकलमा १० प्रतिशत अन्तःशूल्क बृद्धि गरिएको छ । यसअघि यी मोटरसाइकलमा ४० प्रतिशत कर थियो । १० प्रतिशत बढेपछि अब ५० प्रतिशत पुगेको छ ।

यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइलकमा पनि १० प्रतिशत अन्तःशूल्क बढेको छ । यसअघि यी मोटरसाइकलको अन्तःशुल्क ५० प्रतिशत थियो । जुन, अब ६० प्रतिशत पुगेको छ । यसैगरी, २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशत अन्तःशूल्क बढेको छ ।

No description available.

यसअघि ६० प्रतिशत लाग्दै आएको अन्तःशुल्क अब ८० प्रतिशत पुगेको छ । यस्तै, ५०० देखि १००० क्षमताका मोटरसाइकलमा सत प्रतिशत अन्तःशूल्क लाग्ने भएको छ ।

हाल मोटरसाइकल बिक्रेता कम्पनीहरुले अहिले दशैं–तिहार लक्षित विभिन्न अफरमा विभिन्न किसिमका छुटका अफरहरु ल्याएका छन् । सरकारले कर बढाउने घोषणा गरेसँगै अब उनीहरुले मूल्य बढाएर अफरहरु सार्वजनिक गर्नेछन् ।

दशैं/तिहारमा केहि सस्तोमा गाडी वा मोटरसाईक खरिद गर्ने चाहना बोकेका ग्राहकलाई प्रतिस्थापन विधेयकमा ल्याइएको नयाँ व्यवस्थाले थप मर्कामा पारेको छ । यसअघि पनि सरकारले प्रत्येक जसो बजेटमा अन्तशुल्क बढाउने व्यवस्था गरिरहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना