Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

माधवको पार्टीले अष्टलक्ष्मीलाई समर्थन नगर्ने, हुँदैछ समर्थन फिर्ताको पत्र बुझाउने तयारी



भदौ २७, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले समर्थन नगर्ने भएको छ । समाजवादीका नेता बेदुराम भुसालले जनाएअनुसार एक/दुई दिनभित्र नै एकीकृत समाजवादीले समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई बुझाउनेछ ।

नेता माधवकुमार नेपालकै सहमतिमा मुख्यमन्त्री बनेको भएपनि शाक्यले अन्तिम समय धोका दिएको एकीकृत समाजवादीको निष्कर्ष छ । नेता भुसालका अुनसार विभाजनपश्चात सँगै हुनुपर्छ भन्ने निष्कर्षसहित माधवले मुख्यमन्त्री बन्न पठाएका थिए तर, शाक्य ओली तिरै नतमस्तक बनिन् ।

‘उहाँ (अष्टलक्ष्मी शाक्य) हिजो माधव नेपालले मुख्यमन्त्रीमा ‘जाने भए जानोस् तर हामीसँगै हुनुपर्छ’ भन्नुभएको थियो, अहिले केपी ओलीसँग नतमस्तक हुनुभएको छ’, भुसालले एक रेडियोसँगको कुराकानीमा भनेका छन्, ‘अहिले हामी अलग–अलग पार्टीमा छौं, त्यसैले उहाँलाई समर्थन गरिरहनुपर्ने बाध्यता छैन, हाम्रो पार्टीको संसदीय दलको बैठकले नेता चुन्छ र एक/दुई दिनभित्रै समर्थन नरहेको प्रदेश प्रमुख र प्रदेश सभालाई पत्र जान्छ ।’

उनका अनुसार बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीकै नेतृत्वमा गठबन्धन सरकार निर्माण हुनेछ । भुसालले जनाएअनुसार बागमती र प्रदेश १ का सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट