Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

पूर्वअर्थमन्त्री पौडेल भन्छन् – कुनै आधार बिना हचुवाको भरमा प्रतिस्थापन विधेयक ल्याइयो



भदौ २७, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णु पौडेलले सरकारले बजेट प्रतिस्थापन विधेयक हचुवाको भरमा ल्याएको टिप्पणी गरेका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी हुन् ।

गठबन्धन सरकारले बजेटको आकार घटाउने निर्णय गरेर निराशा जन्माएको र पूर्ववर्ती सरकारलाई आरोपित गर्ने बाहाना खोजेको टिप्पणी गरे । ‘प्रतिस्थापन विधेयक हचुवाका भरमा ल्याइएको छ, कुनै मान्य सिद्धान्तलाई आधारमा विधेयक ल्याइएको छैन्, जुन आकारमा बजेट ल्याइएको छ यसको आधार छैन्, यो हचुवाको भरमा आकार घटाइएको छ’, पौडेलले भने, ‘यसले निराशा बढाउँछ , पूर्ववर्ती सरकारलाई आरोपित गर्ने बाहानाको खोजीको रुपमा आकार घटाइएको हो ।’

गठबन्धन सरकारले आन्तरिक उत्पादनलाई अभिबृद्धि गर्नेभन्दा आयातलाई बढावा दिने योजना अगाडि सारको पौडेलको आरोप छ । ‘ आन्तरिक उत्पादनलाई बढावा दिने होइन् सरकारले आयातलाई बढाउने योजना अगाडि सारेको छ’, पौडेलले भनेका छन्, ‘बजेटको सोंच नै आयातलाई बढाउने र कर असुल्ने छ ।’

सरकारले ठूला र गौरवका योजनालाई अलपत्र पार्न खोजेको पौडेलको आरोप छ । उनले भनेका छन्, ‘एकातिर शिक्षा जस्तो महत्वपूर्णं क्षेत्रको बजेट कटौती गरिएको छ त अर्कोतिर गौरवका आयोजनामा बजेट घटाइएको छ । यसले ठूला आयोजनालाई अलपत्र पार्ने देखिन्छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट