Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

महानायक दम्पत्तीलाई ब्राण्ड एम्बेसडर नियुक्त



२७ भदौ, काठमाडौँ । महानायक हमाल दम्पत्तीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको छ । लुम्बिनी विद्युत उद्योग प्रा.लि. लिटमस केबलले महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो ।

हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको छ । दुई वर्षका ब्राण्ड एम्बेसरड लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने कम्पनीले जनाएको छ।

“ब्राण्ड एम्बेसडरमा हामी नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल गर्यौं । वास्तवमै यस्तो एडभान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।” महानायक हमालले भने ।

कम्पनीले आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ ।

कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

“कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दितभई क्वलिटिमा नम्बर १ रहनको लागिहालै एडभान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेतगर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफलभएको” कुरा कमपनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए ।

कम्पनीले अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी तयार गरिएको केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी गर्दै आएको छ । लुम्बिनी विद्युत उद्योग लिमिटेड नेपालको सबै भन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूह मध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहदैं आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।