Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

सत्ता गठबन्धनभित्र किचलो बढ्दै, मन्त्रिमण्डल विस्तारमा अझै जुटेन सहमति



भदौ २७, काठमाडौं । सत्ता गठबन्धनभित्र थप किचलो बढ्ने देखिएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा किचलो बढ्ने देखिएको हो ।

दलहरुबीच मन्त्रिपरिषद विस्तारको एजेण्डामा पटक–पटकका बैठक निष्कर्ष बिहिन बन्न थालेका छन् । मन्त्रिपरिषद विस्तार गर्न भन्दै आइतबार बसेको बैठक पनि सहमति जुट्न नसकेसँगै निष्कर्ष बिहिन बनेको छ ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार आइतबारको बैठकमा दलहरु एक/दुई दिनभित्रै ठोस निष्कर्षमा पुग्ने सहमत भएका छन् । तर, केहि प्राविधिक विषयमा सहमति नजुट्दा विस्तार हुन नसकेको उनले सुनाए ।

बताइएअनुसार मन्त्रिपरिषद विस्तारका बारेमा सहमति जुटाउन भोली पुनः बैठक बस्नेछ ।

सत्ता साझेदार दलहरुबीच केहि सातादेखि नै मन्त्रिपरिषद विस्तारको लागि छलफल भईरहेको छ । तर, दलहरुबीच मन्त्रीको संख्या र मन्त्रालय बाँडफाँडमै सहमति जुट्न सकेको छैन् ।

सरकार गठनको दुई महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी आलोचनाको केन्द्र बनेका छन् । पार्टीभित्रै पनि उनको विरोध सुरु हुन थालेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले