Logo
११ आश्विन २०७९, मंगलवार
     Tue Sep 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज बंगलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैँ नेपाल



२७ भदौँ, काठमाडौँ । नेपाल र बंगलादेश महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । यसअघि यी दुई टिम बिच बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ को जित हात पारेको थियो ।

नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप-२०२२ छनोटका तयारीमा रहेका बेला बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्दैँ छ । एशियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा रहेकाे छ । उक्त समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

नेपालले फिलिपिन्ससित आगामी असोज २ गते तथा हङकङसँग असोज ५ गते खेल्ने तय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । उक्त समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा आयोजना हुने एशियन कप खेल्ने छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरू हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा

काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको