back

नेपालमा पनि निपाह भाइरसको जोखिम, के हो निपाह भाइरस, कसरी गर्ने रोकथाम ?

वि.सं.२०७८ भदौ २७ आइतवार

231 

shares
NTC AD
Global IME AD

२७ भदौ, काठमाडौं । भारतको केरलामा भेटिएको निपाह भाइरस संक्रमणको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य मन्त्रालयले यसबाट बच्नका लागि विभिन्न उपाय अपनाउन अनुरोध गरेको छ ।

उक्त भाइरसका कारण एक १२ वर्षीय बालकको मृत्यु समेत भएको छ भने नेपालमा पनि यसको जोखिम रहेकाले सतर्क रहन भन्दै स्वास्य विज्ञले अनुरोध गरेका छन् ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि यसबाट सजग रहन अनुरोध गरेको छ । मन्त्रालयका अनुसार यो भाइरस पशुबाट मानिस र मानिबाट मानिसमा सर्ने एकप्रकारको गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो ।

उक्त भाइरस प्राकृतिकरुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।

के हुन् त यसका लक्षण ?
निपाह भाइरसको संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, चक्कर आउने, मांसपेसी दुख्ने, वाकवाकी लाग्ने, श्वास प्रश्वासमा कठिनाइ हुने तथा टन्सिलाइटिस लगायतका लक्षण देखिन्छन् ।

कसरी सर्छ त ?
निपाह भाइरस जनावरबाट मानिसमा सर्ने भएकाले संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्छ । साथै संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा वा संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँगै प्रत्यक्ष सम्पर्कमा आएमा ।

यसरी गर्न सकिन्छ रोकथाम
निपाह भाइरस रोकथामका लागि निम्न उपाय अपनाउन सकिन्छ । जस्तै फलफूल राम्रोसँग पखालेर खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने । सकेसम्म पानी उमालेको मात्र पिउने, बेला–बेलामा साबुन पानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १५:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिकित्सक नियुक्त नहुँदा थन्किए उपकरण

चिकित्सक नियुक्त नहुँदा थन्किए उपकरण

हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन्...

चार करोड ३६ लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा प्रदान

चार करोड ३६ लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा प्रदान

नारायणगढ (चितवन) । नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका आँखा अस्पताल...

चिनियाँ सहयोगमा अस्पतालको पुनः निर्माण सम्पन्न

चिनियाँ सहयोगमा अस्पतालको पुनः निर्माण सम्पन्न

चौतारा (सिन्धुपाल्चोक) । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै...

स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

म्याग्दी (बेनी) । जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य...

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा...

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...