Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

एमालेले नाराबाजी कायमै राखेपछि स्थगित भयो संसद बैठक, अर्को बैठक भदौ २९ मा



भदौ २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निरन्तर अवरोधका कारण प्रतिनिधि सभा बैठक आज पनि स्थगित भएको छ । एमालेको निरन्तरको नाराबाजीपछि बैठक सूचारु गर्न कठिनाई देखेपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गराएका हुन् ।

एमालेको निरन्तर नाराबाजीका कारण सभामुख सापकोटाले आज नै १५ मिनेटका लागि बैठक स्थगित गराएका थिए । तर, दोस्रो बैठकमा पनि एमालेले निरन्तर नाराबाजी गरेपछि सापकोटाले बैठकलाई दुई दिनसम्मका लागि स्थगित गराएका हुन् ।

आइतबारको बैठकमा सभामुख सापकोटाले पटक–पटक संवादबाट सहमति खोज्न आग्रह गरेका थिए । तर, एमालेका सांसदले भने निरन्तर नाराबाजी गरिरहेका थिए ।

एमालेले आफुँले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग गरिरहेको छ । यसअघि एमालेले यहि मागलाई राख्दै भदौ २३ र २५ गतेको बैठक पनि अवरोध गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट