Logo
११ आश्विन २०७९, मंगलवार
     Tue Sep 27 2022
E-paper
  English Edition
   Unicode
Logo

साताको पहिलो दिन ७१ अकंले बढ्यो नेप्से, ९ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट



२७ भदौँ, काठमाडौँ । साताको पहिलो दिन सेयर बजार नेप्से ७१ अकंले बढेको छ । आज सेयर बजार ७१ दशमलब ४३ अकंले बढेर २९४७ दशमलब ४२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १३ दशमलब ०३ अकंले बढेर ५४८ दशमलब २९ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३१ कम्पनीको ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४३ रुपैंया बराबरको १ करोड ७१ लाख ३३३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ९६ हजार ५ सय ९१ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, युनाईटेड मोदी हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावर, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नबिल ब्यालेन्सड फण्ड, अरुण भ्याली हाइड्रोपावर, युनाईटेड मोदी हाईड्रोपावर, नेशनल हाईड्रोपावर, अपी पाव लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज ९ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेशनल हाईड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, फस्ट माईक्रोफाइनान्स, अपी पावर, अरुण काबेली पावर, छयाङ्दी हाईड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाईफ इन्स्योरेन्स कम्पन् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यी सबै कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन ।

आज सबै भन्दा धेरै गुमाउनेमा भने सिटिजन म्यूचल फण्ड १, रैराङ् हाईड्रोपावर, एनआईसी एशिया ग्रोथ फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशिया ब्यालेन्सड फण्ड लगायतका कम्पनीका लगानीकर्ताहरुले परेका छन
आज भएको कारोबारमा १७१ कम्पनी लागनीकर्ताले कमाउदाँ १२ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने २ कम्पनीको सेयर मूल्यमा कुनै पनि फेरबदल भएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा

काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको