Logo
११ आश्विन २०७९, मंगलवार
     Tue Sep 27 2022
E-paper
  English Edition
   Unicode
Logo

त्रिकोणात्मक श्रृखला अघि नेपाललाई ठूलो झट्का, श्रृखलाबाट बाहिरिए दिपेन्द्र सिंह ऐरी



२७ भदौँ, काठमाडौँ । ओमान र अमेरिका विरुद्धको त्रिकोणात्मक एकदिवसीय श्रृखला अघि नेपाली राष्ट्रिय टिमलाई ठूलो झट्का लागेको छ । राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह एरी चोटको कारणले गर्दा त्रिकोणात्मक श्रृखलाबाट बाहिरिएका छन ।

नेपाल क्रिकेट संघ (क्यान) ले ट्वीटरबाट ट्वीट गर्दै दिपेन्द्र सिंह एरी श्रृखलाबाट बाहिरिएको जानकारी दिएको हो ।

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय श्रृखला अघि अभ्यासका क्रममा दिपेन्द्र सिंह ऐरीको दायाँ खुट्टको जोर्नीमा चोट लागेको थियो । त्यहीँ चोटको कारणले गर्दा उनले पपुवा न्युगिनीविरुद्धको एकदिवसीय श्रृखला पनि गुमाएका थिए ।

ऐरी २०१७ देखि नियमित रुपमा नेपालको मध्यक्रम सम्हाल्दै आइरहेका थिए । अप्रिलमा नेदरल्याण्ड र मलेसिया बिरुद्ध टि-२० श्रृखलामा एरी उत्कृस्ट लयमा देखिएका थिए । उनले ४ इनिंग्समा ७३.५० को औशतले १४७ रन बनाएका थिए ।

नेपाल, ओमान र अमेरिका बिचको त्रिकोणात्मक एकदिवसीय श्रृखलामा भोली (भदौँ २८ गते) बाट सुरु हुदैँछ । त्रिकोणात्मक श्रृखलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा

काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको