Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

एमालेको अवरोधले संसद चल्न नसकेपछि सभामुखले बोलाए सर्वदलीय बैठक



भदौ २७, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिनिधिसभामा देखिएको निरन्तरको अवरोधबारे छलफल गर्न सापकोटाले बैठक बोलाएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले सञ्चारमाध्यमलाई जानकारी दिएअनुसार सापकोटाले सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने जनाइएको छ।

गत बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गतका बैठकहरु प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को निरन्तर अवरोधका कारण स्थगित हुँदै आएको छ । सभामुख सापकोटाले अवरोधलाई खुलाउन निरन्तर प्रयास गरेको भएपनि सहमति हुन सकेको छैन् ।

प्रतिपक्षीको अवरोधकै बीच शुक्रबार सरकारले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरेको थियो । शुक्रबार पेस भएको विधेयकमाथि आइतबारको बैठकमा छलफल हुने कार्यसूची थियो । तर, आइतबारकाे बैठक पनि कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मको लागि स्थगित भएको छ ।

सापकोटाले मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षीको अवरोधलाई हटाउने उद्देश्य स्वरुप सर्वदलीय बैठक बोलाएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट