Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

ओलीबाटै १० बुँदे उल्लंघन, माधवलाई छाडेका नेताहरु संकटमा



भदौ २७, काठमाडौं । नेकपा (एमाले)मा पुनः माधवकुमार नेपाल समूह छाडेका तेस्रो धारका नेताहरु ठगिएका छन् । १० बुँदे कार्यान्वयन गर्दै एमालेलाई ०७५ जेठ २ को अवस्थामा निशर्तः लैजाने सहमतिसहित माधव समूह छाडेका उनीहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति पालना गर्न अस्वीकार गरेसँगै ठगिएका हुन् ।

तेस्रो धारका नेताहरुले भनेजस्तै उनीहरुले अब ०७५ जेठ २ अनुसारको भूमिका नपाउने निश्चित देखिएको छ । जसबारे पार्टी अध्यक्ष ओलीले स्पष्ट पनि पारिसकेका छन् ।

भीम रावलले पाएनन् प्रदेश इन्चार्ज

१० बुँदेअनुसार एमालेको पार्टी संरचना ०७५ जेठ २ को अवस्थामा निशर्तः फर्किन्छ । जसअनुसार पार्टी उपाध्यक्षसमेत रहेका भीम रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्जको भूमिका पनि पाउँछन् । तर, पार्टी अध्यक्ष ओलीले भने उक्त भूमिका रावललाई दिन अस्वीकार गरेका छन् ।

ओलीले उक्त जिम्मेवारी माओवादी केन्द्र छाडेका नेता लेखराज भट्टलाई नै दिने निर्णय सुनाएका छन् । नेता रावललाई उपाध्यक्षको जिम्मेवारी हेर्न ओलीको निर्देशन छ ।

भट्ट तत्कालिन नेकपा विघटनसँगै ब्यूँतिएको एमालेमा ओली पक्षको तर्फबाट सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाएका थिए । रावल माधव पक्षमा भएको कारण ओली पक्षले इन्चार्जबाट हटाएको थियो । तर, माधव पक्ष छाडेर १० बुँदे कार्यान्वयन हुने भन्दै एमालेमा फर्किएका रावलको अवस्था पुनः ०७७ फागुन २३ को अवस्थामा फर्किएको छ ।

सुदूरपश्चिमको इन्चार्ज को हुने भन्ने विषयमा आइतबार बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरुको बैठकमा ओलीले रावल नहुने स्पष्ट पारेका थिए । उनले ०७५ जेठ २ मा फर्किने विषय सिर्जनशील ढंगबाट हुने भन्दै रावललाई सहजीकरणको भूमिका मात्रै हेर्न भनेका थिए ।

योगेशबाट पनि खोसियो प्रवक्ताको जिम्मेवारी

०७५ जेठ २ को संरचनाअनुसार एमाले सचिव योगेश भट्टराई पार्टी प्रवक्ता पनि हुन् । तर, १० बुँदे कार्यान्वयको सहमति भएको असार २७ को पेरिफेरि उनी प्रवक्ता जस्ता देखिएपनि अन्नतः उनीबाट उक्त जिम्मेवारी खोसिएको छ ।

एमालेमा प्रवक्ताको जिम्मेवारी ओलीले अर्का सचिव प्रदीप ज्ञवालीलाई नै दिएका छन् । पत्रकार सम्मेलन र पार्टीको तर्फबाट जारी हुने आधिकारिक विज्ञप्तीमा ज्ञवालीकै तर्फबाट आउने गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट