Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

महालक्ष्मी लाइफले “युवासँग महालक्ष्मी लाइफ” बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने



२७ भदौँ, काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “युवासँग महालक्ष्मी लाइफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ ।

कम्पनीको संचालक समितिको २०७८ भाद्र २५ गतेको निर्णय बमोजिम आश्विन महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

दुई वर्षे यस अभियानमा आ.व.२०७८/७९ भित्र २५ वटा जिल्ला र आ.व.२०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ ।

“काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बनू” भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन ।

आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना