Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

‘हाम्रो पोखरा, राम्रो पोखरा’ चित्रकला प्रतियोगितामा ६ विद्यार्थी पुरस्कृत



kf]v/f, @& ebf} M …xfd|f] kf]v/f, /fd|f] kf]v/fÚ ljifodf k|lt:kwf{ ub}{ ljBfyL{


२७ भदौ, पोखरा
। नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटौँ जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा, “हाम्रो पोखरा राम्रो पोखरा” विषयमा प्रतिष्पर्धा भएको थियो । 

स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम भएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए ।

उनका अनुसार कास्की मोडनाइज्डका मानस तामा द्वितीय, सिद्धार्थ लवडेलका आशिष तिमिल्सिना तृतीय तथा सिद्धिविनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भएका छन् ।

विजयी विद्यार्थीलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजीजु रहेका थिए । 

सो अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कोरोना भाइरस सङ्क्रमणका समयमा विद्यार्थीको प्रतिभा बाहिर आउन नसकेको जनाउँदै विद्यार्थीलाई सिर्जनात्मकरुपबाट अघि बढाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

उनले अब छिट्टै नै भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारीसमेत दिए । उनले भने, “भौतिकरुपमा विद्यालय सञ्चालन गर्न हामीले धेरै प्रयास थालेका छौँ, कोरोना सङ्क्रमित दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटीमा हामी छिट्टै नै स्कूल सञ्चालन गर्ने तयारीमा छौँ ।”

नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराइले भौतिक उपस्थितिमा प्रतियोगिता गरेर विद्यार्थीको कला उजागर गर्न सफल भएको बताए । चित्रकार रमेश श्रेष्ठले प्रतियोगिताले ललितकला क्षेत्रमा इँटा थप्ने काम गरेको बताए ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, निवर्तमान अध्यक्ष रामबहादुर मोची, अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसी, सदस्य शिवराज पौडेल लगायतले वर्तमान अवस्थामा विद्यार्थीमा परेको असर र उनीहरुलाई सिर्जनात्मक बनाउनुपर्नेमा जोड दिए । 

रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले