Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

कार्यबाहक अध्यक्षको लोभमा माधव छाडेका रावललाई प्रदेश इन्चार्ज पनि दिएनन् ओलीले



भदौ २७, काठमाडौं । १० बुँदेअनुसार एमालेको पार्टी संरचना ०७५ जेठ २ को अवस्थामा निशर्तः फर्किन्छ । जसअनुसार पार्टी उपाध्यक्षसमेत रहेका भीम रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्जको भूमिका पनि पाउँछन् । तर, पार्टी अध्यक्ष ओलीले भने उक्त भूमिका रावललाई दिन अस्वीकार गरेका छन् ।

ओलीले उक्त जिम्मेवारी माओवादी केन्द्र छाडेका नेता लेखराज भट्टलाई नै दिने निर्णय सुनाएका छन् । नेता रावललाई उपाध्यक्षको जिम्मेवारी हेर्न ओलीको निर्देशन छ ।

भट्ट तत्कालिन नेकपा विघटनसँगै ब्यूँतिएको एमालेमा ओली पक्षको तर्फबाट सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाएका थिए । रावल माधव पक्षमा भएको कारण ओली पक्षले इन्चार्जबाट हटाएको थियो । तर, माधव पक्ष छाडेर १० बुँदे कार्यान्वयन हुने भन्दै एमालेमा फर्किएका रावलको अवस्था पुनः ०७७ फागुन २३ को अवस्थामा फर्किएको छ ।

सुदूरपश्चिमको इन्चार्ज को हुने भन्ने विषयमा आइतबार बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरुको बैठकमा ओलीले रावल नहुने स्पष्ट पारेका थिए । उनले ०७५ जेठ २ मा फर्किने विषय सिर्जनशील ढंगबाट हुने भन्दै रावललाई सहजीकरणको भूमिका मात्रै हेर्न भनेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट