Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

नक्कली नोट सहित ५ युवा पक्राउ



२७ भदौ, बारा । नेपाली नक्कली नोट सहित ५ जना युवा पक्राउ परेका छन् । निजगढ नगरपालिका–८ स्थित तारा ईन होटलबाट १ हजार दरको २५ थान नक्कली नोट सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका–३ बलुवाका सुनिल कुमार राम, सोही ठाउँ बस्ने रविन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५का बिशेश्वर प्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुरका सागर शुक्ला र सोही ठाउँ टेङरहरका राजु कुशवाहा रहेका छन् ।

होटलको कोठामा नक्कली नोटको कारोबार भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र राखेको १ हजार दरको २५ थान नेपाली नक्कली नोट फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा.१४ च ९३८२ नम्बरको गाडी समेत सोही होटल अगाडिबाट बरामद गरेको छ ।

थप अनुसन्धानको क्रममा सुनिल कुमार रामको रौतहटस्थित घरमा नक्कली नोट तयार गर्ने कटिङ्ग कागजहरू रहेको खुल्नासाथ ईलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटको समन्वयमा तलासी गर्दा बोराभित्र कार्टुनमा राखेको १ हजार दरको नोट आकारमा कटिङ्ग गरी रवरले बाँधेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साथै प्रति १ सय थानको ९३ गड्डी कागज, १ हजार दरको ३९ थान नेपाली रुपैयाँसहित सोही स्थानमा रहेको बीआर ०५ क्यू ४६१० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ प ४२६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना