Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

शाक्य नेतृत्वको सरकार संकटमा, समर्थन नदिने नेकपा एसको निर्णय



भदौ २७, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी संसद् सचिवालयलाई गराउने भएको छ । आइतबार बसेको नेकपा (एस)को बागमती प्रदेश संसदीय दलको बैठकले समर्थन नदिनेबारे निर्णय गरेको हो ।

यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छिन् । नेकपा (एस)को निर्णयसँगै अब शाक्यसँग विश्वासको मत लिने वा राजीनामा दिनेमध्ये एक विकल्प रोज्नुपर्ने अवस्थामा पुगेकी छिन् ।

१०९ सदस्यीय प्रदेशसभा नेकपा एमालेसँग ४२ सांसद छन् । प्रदेशसभामा बहुमत भएको देखाउन थप १३ सांसदको आवश्यकता पर्दछ । एमाले विभाजन हुँदा १३ सांसदले नै नेकपा (एस)को पक्षमा सनाखत गरेका थिए ।

एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट