Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

नेत्र सुवेदी  ‘प्रयास’ को मेहनत : एक विशिष्ट मार्गचीत्र



नवप्रवर्तन, शासकीय दक्षता, उत्पादकत्व र आध्यात्मिकतालाई समृद्धिको मुख्य मापदण्डका रुपमा पेश गर्दै नेत्र सुवेदी प्रयासले ‘समृद्धिका आयाम’  नामक नयाँ पुस्तक सार्वजनिक गरेका छन् ।

गल्याङ्ग नगरपालिका ६ पिडिखोला स्याङ्ग्जामा स्थायी  र ललितपुर १३, कुसुन्तिको अस्थायी बासिन्दा रहेका सुवेदीले  नेपालको निजामती सेवामा काम गरेको २६ बर्षको अनुभव र निचोडलाई यो पुस्तकमा उतारेका छन् । निजामती सेवाको घेराभित्र बसेर दुनीयाँलाई कामलाग्ने पुस्तक तयार पार्नु कुनै चानेचुने काम होइन । लेखन र सहलेखन गरी ९ वटा पुस्तक र ३०० भन्दा बढि लेख लेखेका सुबेदीले बिभिन्न कार्यालयको प्रमुख हुँदै भरतपुर महानगरको प्रमुख प्रशासक भएर काम गर्दाको अनुभूति समेत यसमा अभिब्यक्त गरेका छन् ।

६ वटा परिच्छेद भित्र ४१ वटा आलेखहरू समावेश यो पुस्तकमा नेपाललार्ई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा खोजमूलक तथा सिजर्नात्मकरुपमा विविध सामग्रीहरू समेटिएको छ । यो पुस्तक नीति निर्माण तहमा बस्नेहरूलाई मात्र होइन, आम कर्मचारी, नागरिक, लोकसेवाका प्रत्यार्थी  र अन्वेषकहरूका लागि पनि काम लाग्ने गरी प्रकाशित भएको छ  ।

समग्रमा भन्नुपर्दा  निजामति सेवाको घेरालाई फराकिलो बनाउन चाहाने अनुभवी राष्ट्रसेवक, विकास र समृद्धिका लागि चिन्तन गरिरहने एक कर्तब्यनिष्ठ नागरिक, विकासका मोडेलमा बहश चलाउने सामाजिक अभियन्ता र समृद्धिका खोजीमा जुटिरहने एक अन्वेषकका रुपमा उनलाई यो पुस्तकले थप स्थापित गरेको छ । उनको यो मेहनत नेपालको विकास मोडेलका लागि विशिष्ट मार्गचीत्र नै हुन पुगेको छ । 

पुस्तकमा रहेका ६ बटा परीच्छेद मध्ये नवप्रर्वतन नामक पहिलो परीच्छेदमा सिकाइ केन्द्रित र आयमुलक शिक्षा, स्मार्टसिटीको अभ्यास लगायत ८ वटा लेख आएका छन् भने  संघीयतामा विकास व्यवस्थापन नामक दोस्रो अनुच्छेदमा स्थानीय तह ब्यबस्थापन, मानवता सहितको बिकास, दीगो विकास र श्रोत व्यवस्थापन लगायतका ५ वटा लेख समेटीएका छन् । शासकीय क्षमता र शुसासन नामक तेस्रो परीच्छेदमा विद्युतीय शुसासन र ई–कमर्श, शासकीय क्षमता पारदर्शिता र संवेदनशिलता लगायतका ७ वटा लेख राखिएका छन् । परीच्छेद ४ को उत्पादकत्व शिर्षक अन्तरगत उद्धम र उद्धमशिलता, रुपान्तरणका लागि सहकारी, दक्षिण कोरियाको आर्थिक विकासको मोडेल, समृद्धि के र कसरी लगायतका ७ वटा महत्वपूर्ण लेख राखिएका छन् । अन्तरसम्बन्धित सवाल नामक परीच्छेद ५ मा गरिबी न्यूनीकरण, महामारी पूर्वतयारी र व्यवस्थापन, लैंगीकता र विकास, वृद्धावस्था व्यवस्थापन   सहितका ७ वटा लेख राखिएका छन् । पुस्तकको अन्तिम तथा छैठौं परीच्छेदको आध्यात्मिकता अन्तर्गत असल कार्यसंस्कृति र सकरात्मक चिन्तन, जीवन बिज्ञान योग र ध्यान, नैतिकता, जवाफदेहिता र व्यवशायिकता र समृद्ध नेपाल सुखी नेपाली सहितका बिषय समेटीएका छन् ।

नेपालमा निकै लामो समयदखि पंचबर्षिय, त्रिबर्षिय र अरु विभिन्न दशक केन्द्रित विकासको पहल हुँदै आएको परीप्रेक्षमा पछिल्लो पटक समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन अवधारणा अघि सारीएको सम्बन्धमा सो लक्ष्यलार्ई के कसरी हाँसिल गर्न सकिन्छ, सम्भावनाहरु के के के छन्,  कमजोरी के कस्ता रहे, व्यक्ति, परिवार, समुदाय र राष्ट्रकै समुन्नति सम्भव गराउन कस्तो अन्तरसम्बन्ध सम्भव हुन्छ  र दिगोपना  कायम गर्न कसरी सकिन्छ भन्ने कुरालाई उनले केन्द्रमा राखेका छन् । नेपालमा समृद्धि हासिल गर्ने विषय गहन र फराकिलो विषय हो भन्ने मान्यतामा उनले महत्वपूर्ण बिषयहरू समेटेर पुस्तकलाई सृजनात्मक बनाएका छन । उनले समृद्धिका विभिन्न आयामलाई  आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय र अन्तरसम्वन्धसग जोडेका छन । उनले अबको युगलाई  सिर्जनाशीलताको युगका रुपमा पेश गर्दै अध्ययन, अनुसन्धान र आविष्कारमा जोड दिएका छन् ।  शासकीय विधि र व्यवहार ठिक नभएसम्म विकास र रूपान्तरण कमजोर हुन्छ भन्ने मान्यतामा उनी दह्रो गरी अडिएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले  राष्ट्रिय अभियानकै रूपमा अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीबारे मात्र होइन उनले विकास र समृद्धिमा चीनले मारेको फड्को तथा कोरीयाको विकास मोडेललाई नेपालको सन्दर्भमा गांसेर गहिरोसँग अनुभूति पस्केका छन् ।

नेपाल सरकारका सचिव बैकुण्ठ अर्यालको भाषामा  तथ्याङ्कको बिश्लेषण र प्रस्तुतिका कारण यो पुस्तक बिचारको सँगालो मात्र नभै अनुसन्धनात्मक कृति बनेको छ  । पूर्वमुख्य सचिव लीलामणि पौडयालले भने झैं अध्यनशील, नविनतम अभ्यासको खोजी र ग्रहण गर्ने, सेवाग्राहि मैत्री र भरोसायोग्य निजामति राष्ट्रसेवकले आफनो विवेक यहाँ पस्केका छन् ।  त्यसैगरी डा. चिन्तामणि योगीको भाषामा यो एउटा विशिष्ट मार्गचित्र हो भने पूर्वसचिव कृष्णहरी बास्कोटा ले भने झैं नेत्र र प्रयास दुबैको यो अधिकतम संयोजन हो । समग्रमा भन्नुपर्दा  निजामति सेवाको घेरालाई फराकिलो बनाउन चाहाने अनुभवी राष्ट्रसेवक, विकास र समृद्धिका लागि चिन्तन गरिरहने एक कर्तब्यनिष्ठ नागरिक, विकासका मोडेलमा बहश चलाउने सामाजिक अभियन्ता र समृद्धिका खोजीमा जुटिरहने एक अन्वेषकका रुपमा उनलाई यो पुस्तकले थप स्थापित गरेको छ । उनको यो मेहनत नेपालको विकास मोडेलका लागि विशिष्ट मार्गचीत्र नै हुन पुगेको छ ।

२०७८ साउनको दोस्रो हप्ता बजारमा आएको यो पुस्तकमा समेटिएका विषय र पुस्तकको शीर्षकले पनि सरोकारवालाहरूको ध्यान बढाएको छ । आशिष बुक हाउस प्रकाशक तथा वितरक रहेको सो पुस्तकको आवरण डिजाइन यूनिक डिजाइनले गरेको  छ । विभिन्न ब्यक्तित्वहरुको भूमिका र शुभकामना बाहेक ३६८ पृष्ठमा रहेको सो पुस्तकको मुल्य  ७५० रहेको छ ।

(सुवेदी हाल राष्ट्रिय कितावखानामा महानिर्देशक छन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना