Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने



३० भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थगीत हुँदै आएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ ।

आज १० बजेदेखि सुरु हुने उक्त परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने र त्यसका लागि चार हजार ३१५ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । परीक्षा असोज ८ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षार्थीलाई अन्य विद्यालयमा गएर परीक्षा दिन असहज हुने भएकाले यसपटकको परीक्षा होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयबाट) परीक्षा दिने व्यवस्था गरिएको छ । साथै आधिकांश विद्यार्थीले कोरोना विरुद्धको खोप लगाएको र कोरोना भाइरसविरुद्धको स्वास्थ्य मापदण्ड पालना गरिएको पनि बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिएका छन् ।
यसअघि साउन २९ गतेबाट सुरु गरिने भनिएको परीक्षा कोरोना भाइरस जोखिम कायमै रहेको भन्दै अन्तिम समयमा स्थगीत गरिएको थियो ।
बोर्डले यसवर्षको शैक्षिक सत्र खेर नजाने गरी मंसिर अन्तिम या पुससम्म कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना