Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढ्यो



३० भदौँ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतिय कारोबारको सिमा बढाएको छ ।

अब बैंक खाताबाट वालेटमा गरिने प्रति कारोबार ५० हजार र प्रति महिना १० लाख रुपैयाँ कारोबार गर्न पाइने छ । यसअघि प्रति कारोबार २५ हजार प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको थियो । बैंक खाताबाट वालेटमा वा वालेटबाट बैंक खातामा एक दिनमा ट्रान्सफर गर्न मिल्ने १ लाखको सीमालाई यथावत राखिएको छ ।

त्यस्तै वालेटमा राख्न पाउने रकमको सीमा भने बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ । एक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न मिल्नेछ । डेबिट कार्डबाट हुने कारोबारलाई पुरानै सीमा यथावत राखिएको छ। एटिएममा डेबिट कार्ड प्रयोग गरी एक पटकमा २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँसम्म र प्रतिमहिना ४ लाख रुपैयाँसम्म नगद झिक्न पाइने छ ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोवाइल बैंकिङ मार्फत विद्युतीय रकमान्तर गर्दा लिने शुल्क पनि बढाएको छ । ५० हजार रुपैयाँसम्म कारोबार गर्ने ग्राहकले १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार गर्ने ग्राहकल २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने ग्राहकले ३० रुपैयाँ तिर्नु पर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना