Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

शंकर पोखरेलविरुद्व विमला वलीले दिएको उजुरी दर्ता गर्न प्रहरीद्धारा आलटाल



भदौ ३०, काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरूद्ध प्रदेश सभा सदस्य विमलाकुमारी वलीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छन् । सांसद वलीले सोमबार पूर्वमुख्यमन्त्री पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका (चालक) तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएकी हुन् ।

पूर्वमुख्यमन्त्री पोखरेलको निर्देशनमा गत साउन १५ मा दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित घरबाट जबरजस्ती उठाएर ल्याएको र मुख्यमन्त्रीको बुटवलस्थित कार्यालयमा ५ दिनसम्म बन्धक बनाएर राखेको जिकिर वलीको छ ।

तर, वलीले सोमबार दिएको किटानी जाहेरी भने प्रहरीले दर्ता गर्न आलटाल गरेको छ । लुम्बिनी प्रदेश माओवादीका मुख्य सचेतक तुलाराम घर्ती मगरले बताएअनुसार सोमबार दिएको जाहेरी हालसम्म पनि दर्ता भने गरिएको छैन् । प्रहरीले घटना सुरु दाङमा भएको भन्दै उतै उजुरी गर्न भनेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले घटनाको सुरुवात दाङबाट भएको भन्दै उतै जान सल्लाह दिएको बताए । यता माओवादी केन्द्रका प्रमुख सचेतक घर्तीले प्रहरीले दर्ता गर्न पनि नमानेको र रिफर गर्न पनि आलटाल गरिरहेको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना