Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

प्रचण्ड भन्छन् – गठबन्धन बचाउन सके माओवादी पहिलो पार्टी बन्छ



भदौ ३०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनपछि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्। बुधबार पोष्टबहादुर बोगटीको सातौं स्मृति सभालाई सम्बोधन गर्दै उनले आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे।

प्रचण्डले माओवादी पहिलो बन्ने आधार भने गठबन्धन भएको बताएका छन् । ‘गठबन्धनलाई हामीले बचाउनुछ,’ प्रचण्डले भनेका छन्, ‘गठबन्धनको तहबाट फेरि हामी दुई तिहाइकै सरकार बनाउनबाट बन्चित हुने छैनौं।’

प्रचण्डले माओवादी आफ्नै कारण कमजोर भएको पनि बताए । माओवादीका शीर्ष तहका नेताहरु बिग्रिदाँ पार्टी र आन्दोलन कमजोर भएको भनाई प्रचण्डको छ ।

उनले भनेका छन्, ‘अहिले पनि क्रान्तिमा जाने भनेपछि जुरुक्क उठ्ने कार्यकर्ता माओवादीमा छन्। जनता र तल्लो तहका कार्यकर्ता बिग्रेका होइनन् हामी माथिल्लो तहका रहेकाहरू केही बिग्रियौं भन्ने देखिएको छ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना