Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

१० बुँदे कार्यान्वयन नभएपछि माधव समूह छाडेका नेताहरु एमालेमा अलपत्र



भदौ ३०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २२ मा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा स्पष्ट रुपमै ‘०७५ जेठ २’को अवस्थामा पार्टी संरचना फर्किन नसक्ने बताएका थिए । उनले ‘जेठ २ को एजेण्डा श्राद्धमा बिरालो बाँधेजस्तो’ पनि नभएको बताएका थिए ।

पार्टी विभाजनको अन्तिम समय माधवकुमार नेपाललाई छाडेका नेताहरुलाई स्पष्ट पार्दै ओलीले १० बुँदेमा उल्लेख भएको विषय जस्ताको तस्तै लागु हुनै नसक्ने बताएका थिए ।
‘जेठ २ भनेको श्राद्धमा बिरालो बाँधेजस्तो होइन, १

बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन, त्यसकारण १० बुँदे के रु जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् न, त्यही हो १० बुँदे’, ओलीले भनेका थिए, ‘जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ ? जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि !’

१० बुँदे कार्यान्वयन गर्न प्रतिबद्धता जनाएपछि ओलीले पहिलो पटक सार्वजनिक रुपमा पोखराबाट उक्त अभिव्यक्ति दिएका थिए । ओलीले आफ्नो अभिव्यक्तिको कार्यान्वयन प्रक्रिया पनि अगाडि बढाएका छन् । उक्त अभिव्यक्तिपश्चात ओलीले भदौ २७ मा एमालेको तेस्रो धारको नेताको पहिचान बनाएका पार्टी उपाध्यक्ष भीम रावललाई बोलाएर सुदूरपश्चिममा लेखराज भट्ट नै इन्चार्ज भएको जानकारी दिएका थिए । उनले सुदूरपश्चिममा समन्वयन मात्रै गर्न रावललाई निर्देशन दिएका थिए ।

ओलीले भीम रावलको मात्रै नभई ०७५ जेठ २ मा भएको पार्टी संरचनाअनुसार नेताहरुलाई जिम्मेवारी दिन अस्वीकार गरेका छन् । जसको अर्को उदाहरणको रुपमा योगेश भट्टराईले नपाएको पार्टी प्रवक्ताको भूमिका पनि हो ।

अति असन्तुष्ट छ तेस्रो धार

१० बुँदे कार्यान्वयन हुन नसक्ने स्पष्ट गरिएसँगै एमालेमा तेस्रो धार अन्यौंलमा छ । तेस्रो धारका नेताहरु तिव्र असन्तुष्ट पनि छन् । ओलीको जवाफपश्चात सुदूरपश्चिम पुगेर भीम रावलले ‘त्यागलाई कमजोरी ठाने नतिजा गलत आउने’ चेतावनी पनि दिएका छन् ।

मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ, तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ ।’

रावलजस्तै नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतले पनि असन्टुष्टी पोख्न थालेका छन् । उनीहरुले सार्वजनिक रुपमै ओली सच्चिनुपर्ने बताएका छन् ।

तर, विकल्प विहिन छ तेस्रो धार

एमाले विभाजनको अन्तिम समय तेस्रो धारले माधवलाई छाडेका थिए । उनीहरुप्रति ‘धोका’ दिइएको पनि आरोप लागेको छ । माधव नेपाल स्वंयले पनि ‘विभाजनको अवस्थामा पु¥याएर धोका दिएको’ भन्ने अभिव्यक्ति दिएका छन् ।

अहिले १० बुँदे कार्यान्वयन नभएसँगै तेस्रो धारका नेताहरु एमालेमा पनि रहन नसक्ने र माधव नेपालले नेतृत्व गरेको पार्टीमा पनि फर्किन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरु एमाले अध्यक्षको प्रष्ट अडानमा केहि गर्न नसक्ने अवस्थामा पनि छ । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा कमजोर ठहरीएका तेस्रो धारका नेताहरु भविष्य के हुने अन्यौंलमा छन् । उनीहरु अहिले विकल्प विहिन जस्तो अवस्थामा पनि पुगेको देखिन्छ ।

सम्बन्धित समाचार

ओलीबाटै १० बुँदे उल्लंघन, माधवलाई छाडेका नेताहरु संकटमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय