Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

तालिबानको अन्तरिम सरकारमा विभाजन, उपप्रधानमन्त्री मुल्ला गनी बरादरले छाडे काबुल



भदौ ३०, काठमाडौं । तालिबान नेतृत्वको अन्तरिम सरकारमा विभाजन आएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेअनुसार सरकारमा सहभागी तालिबानका दुई समूहबीच राष्ट्रपति भवनमै हानाहानसम्म भएको थियो । जससँगै सरकारका उपप्रधानमन्त्री एवं तालिबानका सह–सस्थापक मुल्ला गनी बरादरले काबुल छाडेका छन् ।

बीबीसीले उल्लेख गरेअनुसार बरादर र तालिवान सरकार शरणार्थीमन्त्री खलील उर रहमानबीच झगडा भएको थियो । जससँगै दुवै नेताका समर्थकबीच झडपका घटनाहरु घटेका थिए । खलील उर रहमान आतंकवादी संगठन हक्कानी नेटवर्कका नेता हुन ।

बरादर सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा प्रत्यक्ष कुरा गर्ने तालिबान नेता हुन्। यसअघि उनले तालिबानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सेना फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

अर्को तर्फ शक्तिशाली हक्कानी नेटवर्क छ, जो पछिल्ला बर्षहरुमा अफगानिस्तान मा पश्चिमी सेनाहरु मा सबैभन्दा हिंसात्मक हमला मा संलग्न रहेको छ। अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ। यसको नेता सिराजुद्दीन हक्कानी नयाँ तालिबान सरकारमा आन्तरिक मन्त्री छन्।

पछिल्लो हप्ता तालिबानको सबैभन्दा महत्वपूर्ण अनुहार मानिने बरादर सार्वजनिक उपस्थितिबाट हराएपछि अफवाहको बजार तातेको थियो । उनको मृत्यु भएको खबर सामाजिक सञ्जालमा आएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय