Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

विष्णु पौडेलको ठोकुवा – आगामी चुनावमा माधवको पार्टीले एक सिट जित्दैन्



भदौ ३०, बुटवल । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका छन् । उनले आगामी चुनावमा माधवको पार्टीले एक सिट पनि नजित्ने ठोकुवा गरेका छन् ।

‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ बुधबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले भने, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’

पौडेलले देशैभरिबाट माधवको पार्टीले जमानत जोगाउन नसक्ने दाबी गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिलाई व्यंग गर्दै पौडेलले माओवादीसँग जनतम छ र भनि प्रश्न गरे । उनले कांग्रेस र माओवादी मिलेर पनि एमालेलाई हराउन नसक्ने बताए ।

यसअघिको निर्वाचनमा रुपन्देहीबाट कांग्रेस र माओवादीको गठबन्धनको हारेको भन्दै उनले आगामी चुनावमा पनि कांग्रेस र माओवादी उसैगरि पत्तासाफ हुने दाबी गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय