Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

रु एक लाख बढी रकमसहित आठ पक्राउ



३० भदौ, चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जारी गरेको सूचनामा उल्लेख छ ।

उनीहरुको साथबाट एक बुक ताससमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा ४१ वर्षीय घर धनी श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका–६ का ३९ वर्षीय सुदिप गिरी, वर्ष २८ का दिपेश बर्तौला, राप्ती ३ का ३६ वर्षीय चुडामणि थपलिया, राप्ती ४ का ६८ वर्षीय केशवप्रसाद तिमिल्सिना र वडा नं ५ का ३५ वर्षीय सुदन धरेल रहेका छन् ।

उनीहरुलाई मुलुकी आपाराधिसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिकसहित स्वास्थ्यसुरक्षा र नैतिकता विरुद्धको कसूर अन्तर्गत दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने ऐन अनुसार कारवाही हुने उनले जानकारी दिए । उनीहरुलाई तीन महिना कैद र रु ३० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय