Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

आज देशैभरी थपिए १,७६० कोरोना संक्रमित, ७ जनाको मृत्यु



३० भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,७६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १६ हजार ८४४ वटा नमुना परीक्षणमा देशैभरी १७६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १७६० संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ६८ हजार ३७१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १२२० जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२२० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ ।

त्यस्तै आज देशैभरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९९१ पुगेको छ ।

नेपालमा हाल २६ हजार ३०७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २४ हजार ६८३ जना होमआइसोलेशन र १६२४ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ४०७ र भेन्टिलेटरमा १२९ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४५ लाख ८१ हजार ८६८ नमुना परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म ६० लाख ४ हजार १९ जनाले पहिलो मात्रा र ५४ लाख १५ हजार ४२७ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९९ हजार ३१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय