Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

नेप्से आज पनि उच्च अंकले ओरालो



३० भदौ, काठमाडौँ । साताको चौंथो दिन सेयर बजार उच्च अंकले ओरालो लागेको छ । धितोपत्र बजारमा मंगलबार देखि उच्च विन्दुमा झरेको शेयर कारोबार आज बुधबार पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४०।२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भएको छ । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २०.७४, व्यापार २७।२१, होटल तथा पर्यटन ७९.५३, विकास बैंक ११६.९१, जलविद्युत् ७२.८१, वित्त ८६.७२, निर्जीवन बीमा २७२.९१, उत्पादन ७३.७९, अन्य २१ः१६, लघुवित्त ५२.१९, जीवन बीमा १७५.३, सामूहिक लगानी कोष ०.०५ र लगानी १.८८ विन्दुले ओरालो लागे ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड १४ लाख ७० हजार ७५६ बराबरको कारोबार भयो । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स रु १७ करोड दुई लाख सात हजार ११०, आइसिएसफसी फाइनान्स रु १५ करोड ३८ लाख १३ हजार १४६, रैराङ हाइड्रोपावर रु १४ करोड २८ लाख ४९ हजार २४५ र नेशनल हाइड्रोपावर रु १३ करोड २० लाख ९५ हजार ७४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ८.२३, कर्पोरेट डेभलपमेन्ट बैंक ६.६७, छ्याङ्दी हाइड्रोपावर ४.०८, ग्लोबल आइएमई समुन्नत स्किम एक २ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।

एनआइबिएल समृद्धि फण्ड एक ६.८८, हिमालयन ऊर्जा विकास कम्पनी ५.८३, गुर्खाज फाइनान्स ५।४१, रुरु जलविद्युत् परियोजना ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४।४६ प्रतिशतले गुमाए ।

Market Information
Index Current Points Change %Change
NEPSE 2,889.03 40.26 1.37
Sensitive 538.50 7.16 1.31
Float 202.24 2.92 1.43
Sen. Float 181.23 2.61 1.42
Sub-Indices Current Points Change %Change
Banking 1,948.60 20.74 1.05
Trading 3,380.86 27.21 0.8
Hotels And Tourism 3,475.92 79.53 2.24
Development Bank 5,430.13 116.91 2.11
HydroPower 3,376.95 72.81 2.11
Finance 2,821.99 86.72 2.98
Non Life Insurance 13,068.84 272.91 2.05
Manu.& Pro. 6,729.10 73.79 1.08
Others 1,851.25 21.16 1.13
Microfinance 5,466.45 52.19 0.95
Life Insurance 16,246.07 175.3 1.07
Mutual Fund 15.79 0.05 0.28
Investment 100.57 1.88 1.84

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय