Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

कोरोनाबाट आज गण्डकी प्रदेशमा १२५ संक्रमित, २ जनाको मृत्यु



३० भदौ, काठमाडौं । कोरोनाबाट गण्डकी प्रदेशमा आज १२५ जना संक्रमित भएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज म्याग्दी र पर्वतमा १÷१ जना, गोरखामा ७, लमजुङमा ८, तनहुँमा ४, कास्कीमा ७८, बाग्लुङमा ६, स्याङजामा १४ र नवलपरासीपूर्वमा ६ जना गरी १२५ जना संक्रमित भएका हुन् । ती मध्ये ६५ जना महिला र ६५ जना पुरुष रहेका छन् ।

आज थपिएका १२५ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ८३ हजार ९३८ पुगेको छ भन ८० हजार ८९१ जना संक्रमणबाट मुक्त भएका छन् । प्रदेशमा हाल १७१२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १५१७ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी प्रदेशमा आज स्याङजा र तनहुँका गरी २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३३५ पुगेको छ । प्रदेशमा आज ९९९ नमुना परीक्षण गरिएको छ ।

गण्डकी प्रदेशमा आज एक कोरोना संक्रमितको मृत्यु, १४९ जना संक्रमित


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय