Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने, प्रदेशसभा बैठक बोलाउने निर्णय



३० भदौ । प्रदेश १ सरकारले विश्वासको मत लिन आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।

नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भए बमोजिम अधिवेशन बोलाउने निर्णय गरिएको हो । संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
नेकपा एमाले विभाजित भएपछि मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परेका छन् । नेकपा एमालेका ५१ सांसद मध्ये १० जनाले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि आचाय अल्पमतमा परेका  हुन् ।

हाल प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसदमात्र छन् । प्रदेशसभाका कायम रहेका ९२ सदस्यमध्ये विपक्षी गठबन्धन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय