Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

संखुवासभा हत्याकाण्डः आरोपिका भाइ पनि पक्राउ



३१ भदौ, काठमाडौं । संखुवासभा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा आरोपी लोक बहादुर कार्कीका भाइ पनि पक्राउ परेका छन् ।

यसअघि हत्याको आरोपमा पक्राउ परेका २५ वर्षीय कार्कीका भाइ नरेश बहादुर कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका लोक बहादुरले रिसइबीका कारण ६ जनाको हत्या आफु एक्लै चिर्पट दाउराले हानेर गरेको बताएपनि प्रहरी अनुसन्धानका क्रममा मृतक मध्ये एकजनाको मोबाइल लोक बहादुरकै घरबाट बरामद भएको र त्यो भाइले लुकाएको हुनसक्ने भन्दै थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भदौ २१ गते संखुवासभाको मादीमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको अवस्थामा शब फेला परेको थियो ।

प्रहरी अनुसन्धानमा खटिएका बेला प्रहरीलाई सहयोग गरिरहेका लोक बहादुर कार्कीको व्यवहार संकास्पद भएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो । उनले हत्या आफैले गरेको स्वीकारेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर कार्कीलाई सार्वजनिक गरेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।