back

भीम रावल भन्छन् – १० बुँदे कार्यान्वयन गराउन अन्तिमसम्म लाग्छु

वि.सं.२०७८ भदौ ३१ बिहीवार

129 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

भदौ ३१, भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष भीम रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन्। गृह जिल्ला अछाम जाने क्रममा बिहीबार डोटीमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताए।

“म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु ” उनले भने। राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उनको भनाइ थियो ।

राजनीति गर्दा देश र जनतालाई बिर्सियो भने त्यो कदापि काम नलाग्नेसमेत उनले बताए। “मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो, म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु” रावलले भने। माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको खण्डन गर्दै उनले उक्त हल्लामा कुनै सत्यता नरहेको जानकारी गराए।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गरे। उनले अहिलेको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुरा भएको बताए। रासस

वि.सं.२०७८ भदौ ३१ बिहीवार १२:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

अठार दिनदेखि बेपत्ता पुरूष मृत फेला

अठार दिनदेखि बेपत्ता पुरूष मृत फेला

बैतडी । अठार दिनदेखि बेपत्ता रहेका बैतडीका एक पुरुष मृत...

दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

कञ्चनपुर । राष्ट्रिय भूमि आयोगको जिल्ला समिति कञ्चनपुरले हालसम्म दुई...

कञ्चनपुरको करोडौँ लगानीमा बनेकाे होल्डिङ सेन्टर जीर्ण बन्दै

कञ्चनपुरको करोडौँ लगानीमा बनेकाे होल्डिङ सेन्टर जीर्ण बन्दै

दोधारा चाँदनी (कञ्चनपुर) । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका...