Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

अर्थ मन्त्री जनार्दन शर्मा र नाडा प्रतिनिधि मण्डलबीच छलफल



३१ भदौ, काठमाडौँ । अर्थ मन्त्री जनार्दन शर्मा र नाडा प्रतिनिधि मण्डलबीच छलफल भएको छ ।

नाडाका उपाध्यक्ष करण चौधरी नेतृत्वको नाडा प्रतिनिधि मण्डलले अर्थ मन्त्री जनार्दन शर्मासंग भेटी २०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोवाइल क्षेत्रमा पारेको प्रभाव बारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ ।

सो छलफलमा अर्थ मन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोही अनुरुपका नीतिहरु ल्याइएको बताए । उनले यसबाट थप रोजगारी मात्र सिर्जना हुने नभई दक्ष जनशक्ती पनि तयार हुने, लगानी र उत्पादन पनि बढने बताए । उनले उद्योग व्यवसायक्षेत्रकोे समस्या समाधानका लागि सरकारले कर पूनरावलोकन आयोग समेत गठन गर्न लागेको बताउँदै सरकारबाट कमजोरी भएको भए त्यसको समेत समाधान गरिने बताए ।

उपाध्यक्ष चौधरीले एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताउँदै एसेम्बल कति पार्टस्मा आउनु पर्ने हो, कुन पार्टस् एसम्बलिङ्ग हो, सरकारले त्यसको स्पष्ट बर्गिकरण गर्नु पर्ने बताए ।

छलफलमा उपाध्यक्ष चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने बताउँदै सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने बताए । उपाध्यक्ष चौधरीले नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनु पर्ने बताए ।

छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरु दुई तिहाईको सख्यामा विक्री हुने बताउदै अहिलेको सेगमेण्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताउदै सरकारले गरेको बर्तमान सेगमेण्टलाई पहिले कै अवस्थामा ल्याउदा सवैलाई सहज हुने बताए ।

त्यसैगरी दुगड ब्रदर्श एण्ड सन्सका प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सिसि भन्दा माथीका मोटरसाइकललाई हेवि सवारी साधन मानेको तर नेपालको पहाडी धरातलिय अवस्थितिका कारण र पर्यटन प्रवद्र्धनका लागि उच्च सिसिका मोटरसाइकल आवश्यक पर्ने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौं । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।